वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
तातोपानी नाका हुँदै पहिलोपटक भित्रियो चिनियाँ हेलिकोप्टर

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाबाट चीन जोड्ने तातोपानी नाका अब हेलिकोप्टर आयातको प्रवेशद्वारसमेत बनेको छ । पहिलोपटक चीनबाट ल्याइएको हेलिकोप्टर यही नाकाबाट बिहीबार नेपालको सीमाक्षेत्रको बजार प्रवेश गरेको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनको सहरबाट ४० फिटे टेलरमा राखेर हेलिकोप्टर तातोपानीसम्म ल्याइएको हो । ‘हाल जाँच पास भएको छैन, आवश्यक भन्सार प्रक्रिया चल्दैछ, ट्रान्सपोर्टको जिम्मा आडो ट्रान्सपोर्ट कम्पनीले लिएको थियो।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको भन्सार कार्यालयले जनाएको छ । कम्पनीले चीनबाट पाँचवटा हेलिकोप्टर ल्याउने सम्झौताअनुसार पहिलो युनिट नेपाल भित्रिएको हो ।

तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकोप्टरको मूल्य मूल्याङ्कन गरी राजस्व असुल गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । करिब ४ करोड १२ लाखभन्दा बढी राजस्व संकलनपछि जाँचपास प्रक्रिया पूरा हुने अनुमान गरिएको छ। अबको एक–दुई दिनमै प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था परीक्षण गर्नेछ । त्यसपछि हेलिकोप्टर सिधा काठमाडौं उडान गर्ने भन्सारले जनाएको छ ।

भन्सार शाखामा हालसालै बनाइएको खुला पार्किङ क्षेत्रमा हेलिकोप्टर राखिएको छ । माउन्टेन हेलिकोप्टरका प्राविधिक टोली तातोपानी पुगेर तयारी थालेका छन् ।पहिलोपटक चीनबाट ल्याइएको हेलिकोप्टर यही नाकाबाट बिहीबार नेपालको सीमाक्षेत्रको बजार प्रवेश गरेको छ ।

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको भन्सार कार्यालयले जनाएको छ । कम्पनीले चीनबाट पाँचवटा हेलिकोप्टर ल्याउने सम्झौताअनुसार पहिलो युनिट नेपाल भित्रिएको हो ।

तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकोप्टरको मूल्य मूल्याङ्कन गरी राजस्व असुल गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । करिब ४ करोड १२ लाखभन्दा बढी राजस्व संकलनपछि जाँचपास प्रक्रिया पूरा हुने अनुमान गरिएको छ। अबको एक–दुई दिनमै प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था परीक्षण गर्नेछ । त्यसपछि हेलिकोप्टर सिधा काठमाडौं उडान गर्ने भन्सारले जनाएको छ ।

Agni

सम्बन्धित खवर