वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
घट्यो सिमेन्टको मूल्य
Prabhu Bank AD

 

बजारमा सिमेन्टको मूल्य घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

‘लोडसेडिङ घटेसँगै उत्पादन बढेको र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँसम्मले मूल्य घटाएको जानकारी आएको छ,’ महानिर्देशक दाहालले भने, ‘लोडसेडिङ पूर्णरुपमा हटेपछि अझै धेरै मूल्य घट्छ ।’

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
फलामे छड डन्डी को मूल्य घटेको बारेमा जानकार नभएको बताए । ‘ठ्याक्कै के कति घट्यो भनेर भन्न सक्ने अवस्था छैन । यस विषयमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ ,’ उनले भने ।

यसअघि विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभामा उपलब्ध गराउन पत्राचार गरेको थियो । साथै विभागका महानिर्देशक दाहालले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य ९एमआरपी० राख्न निर्देशन दिएका छन् । उद्योगीहरूले पनि उक्त कुराको सहमति जनाएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर