वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
४.४५ अंकले घट्यो नेप्से
Prabhu Bank AD

बुधबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा झरेको हो ।

आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागे पनि फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिएका छन् । बुधबार फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्यो । यो उपसमूह मात्रै ५.६७ प्रतिशतले उकालो चढेको छ ।

आज कुल ११३ कम्पनीको मूल्य घट्यो । १२२ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बधुबार सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घट्यो ।

उपकार लघुवित्त, छ्याङ्दी जलविद्युत् र सेन्ट्रल फाइनान्सको मूल्यमा १० प्रतिशतको वृद्धि भयो । बुधबार समग्रमा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर