वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
आज सहकारी ठगीका आरोपित म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
Prabhu Bank AD

 

काठमाडौं । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले थापालाई आज बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको टेलिफोनमा जानकारी दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो।

थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।

उनीहरूको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानविन गर्न अख्तियारी दिएको थियो । गौतमको छानविन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो ।

प्रतिवेदनको आधारमा थापालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न पर्नेमा सहकारी रजिष्ट्रारको कार्यालयले नै थापा बिरुद्ध प्रहरीमा उजुरी गर्न डराएको भन्दै सर्बसाधारणले रजिष्ट्रारको कार्यालयको बिरोध गर्दै आएका थिए । म्याग्दी प्रहरीले थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर