वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
किन पढाइमा कमजोर हुँदै नेपाली विद्यार्थी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा ४७.८७ प्रतिशत मात्रै पास भए । अर्थात्, ५२.१३ प्रतिशत परीक्षार्थी फेल भए । त्यस्तै, माथिल्लो कक्षा पढ्न लागेका शतप्रतिशत विद्यार्थीमध्ये कक्षा १२ मा ५२.९१ प्रतिशत मात्रै पास भए । अर्थात्, ४७.०९ प्रतिशतको नतिजा ननग्रेडेड एनजी आयो ।

विद्यालय तहमा मात्र होइन, उच्च शिक्षाको नतिजासमेत कमजोर छ । देशभरबाट झन्डै ८० प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्ने निकाय भनेको त्रिभुवन विश्वविद्यालय त्रिवि हो । त्रिविको पास हुने दर २९.३३ प्रतिशत मात्रै छ । त्यहाँ पढ्ने ७०.६७ प्रतिशत विद्यार्थी फेल हुन्छन् । यो यथार्थ विश्वविद्यालय अनुदान आयोगको सन् २०२१-२२ को तथ्यांकले देखाएको हो । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको त उत्तीर्ण–दर २५ प्रतिशत पनि पुग्न सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनले पढाइको गुणस्तर खस्किँदै गएको देखाएको छ । कक्षा ५ को नतिजाको सन्दर्भमा सन् २०१८ को तुलनामा २०२२ मा गणित विषयको सिकाइ उपलब्धि घटेको देखाएको हो । सन् २०१८ को तुलनामा २०२२ मा ५०० को तुलनामा ४८४.६ पुगेको देखाएको हो । नेपालीको सिकाइ उपलब्धिमा भने खासै फरक नपरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालय र उच्च शिक्षाको हकमा मात्र नभई शिक्षक सेवा आयोगलगायत विभिन्न निकायले लिने परीक्षाको नतिजासमेत कमजोर देखिने गरेको छ । आयोगले लिने शिक्षक पदको विज्ञापनमा कतिपय विषयमा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् । शिक्षक अध्यापन अनुमतिपत्रको हकमा अवस्था झन् कमजोर छ ।

निमावि तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्रै उत्तीर्ण भए । गत मंसिरमा सञ्चालन भएको परीक्षामा एक लाख १९ हजार ६९९ जना सहभागी थिए । जसमध्ये १० हजार ९७४ जना मात्रै पास भए । अर्थात्, ९०.८३ प्रतिशतले पास गर्न सकेनन् ।

विद्यालय तहदेखि विश्वविद्यालय तह मात्र नभई अन्य निकायसम्म पनि सिकाइको स्तर कमजोर देखिन्छ । यसले नेपालको शिक्षा नीतिप्रति नै प्रश्न खडा भएको छ ।

केन्द्रको प्रतिवेदनले सरकारलाई नै चुनौती ?

विद्यालय तहको शिक्षाको स्तर कस्तो छ भन्ने विषयमा सरकारले आफैँ अध्ययन गर्छ । त्यसका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गर्दै आएको छ ।

केन्द्रले गत वर्ष कक्षा ५ र १० का विद्यार्थीको उपलब्धिको परीक्षण गरेको थियो । कक्षा ५ को सिकाइ सक्षमतालाई चार तह ९प्रि–बेसिक, बेसिक, प्रोफिसिन्ट र एड्भान्स मा विभाजन गरी विश्लेषण गरिँदै आएको छ । कक्षा १० को सक्षमतालाई ६ तह ९बिलो–बेसिक, बेसिक, प्रोफिसिन्ट–१, प्रोफिसिन्ट–२, प्रोफिसिन्ट–३ र एड्भान्समा विभाजन गरी विश्लेषण गरिँदै आएको छ । सिकाइ स्तरका हिसाबले विषयगत रूपमा नतिजा फरक–फरक रहेको पाइएको छ ।

केन्द्रका महानिर्देशक जयराम अधिकारी कक्षा ३ को पढाइ तथा गणितीय सीपको राष्ट्रिय परीक्षण ३३ जिल्लाका ५७९ सामुदायिक विद्यालयका आठ हजार विद्यार्थीमा गरिएको सुनाउँछन् ।

२०७९ सालको एसईईमा प्रयोग भएका गणित, विज्ञान र अंग्रेजी गरेर तीन विषयका करिब १० हजार उत्तरपुस्तिका संकलन गरी अध्ययन गरिएको थियो । त्यसमा प्रश्नहरूको कठिनाइ स्तर एवं विभेदीकरण क्षमताको अध्ययन गर्दा तीनवटै विषयका केही प्रश्न रिभ्यू गर्नुपर्ने पाइएको थियो । विद्यार्थीको न्यून सिकाइ उपलब्धिस्तर देखिएका प्रदेशमा सिकाइ उपलब्धिस्तर अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने केन्द्रको सुझाव थियो ।

५० प्रतिशतभन्दा बढी विद्यार्थीले अंग्रेजी विषयको पाठ्यक्रमले तोकेको न्यूनतम सिकाइ सक्षमता हासिल गर्न नसकेको अध्ययनले देखाएको छ । त्यस्तै, कक्षा ५ को अंग्रेजी विषयको उपलब्धि स्तर सन् २०१२ को तुलनामा २०१५ मा खस्कँदो क्रममा पाइएको थियो ।

विद्यालयले प्रदान गर्दै आएको शिक्षाको गुणस्तर केन्द्रले मापन गर्दै आएको महानिर्देशक अधिकारीको भनाइ छ । उनका अनुसार कमजोर नतिजा देखिएको खण्डमा सरकारलाई शिक्षा नीति परिमार्जन गर्न सुझाव दिने गरिएको छ ।

किन खस्कियो शिक्षाको गुणस्तर ?

राष्ट्रिय परीक्षा बोर्डले पढाइको गुणस्तर खस्किनुमा विभिन्न कारण औँल्याउने गरेको छ । बोर्ड अध्यक्ष डा। महाश्रम शर्मा तल्लो कक्षादेखि नै विद्यार्थी कमजोर हुँदा कक्षा १० र १२ को नतिजासमेत कमजोर आउने गरेको बताउँछन् ।

शिक्षाविद् भने उनको तर्कसँग सहमत छैनन् । शिक्षाविद् डा। विष्णु कार्की तल्लो कक्षादेखि नै विद्यार्थी कमजोर हुँदा माथिल्लोमा पनि कमजोर नतिजा आएको भन्नु हास्यास्पद भएको बताउँछन् ।

‘तल्लो तहमा कमजोर हुँदा माथिल्लो तहमा समेत कमजोर हुन्छन् भन्नु एक हिसाबले हेर्ने हो भने ठीकै हो । तर, कक्षा ८ पास गरेपछि मात्रै कक्षा ९ मा पढाएको हो । कक्षा ९ मा एक वर्ष पढेपछि कक्षा १० मा जान्छन्,’ डा।कार्की भन्छन्, ‘अनि त्यहाँ कसरी फेल हुन्छन् रु कक्षा १० मा त ४८ प्रतिशतलाई पास गरियो । कक्षा ११ मा पढेर १२ मा पढ्ने बेला लगभग ५० प्रतिशत किन फेल भए रु’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नतिजा खस्किनुको कारण र सुधार गर्नुपर्ने विषयमा सुझाव दिन समिति बनाएको छ । परीक्षा सुधार समिति बनेको छ । पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा परीक्षा सुधारका लागि समिति गठन गरिएको हो । उक्त समितिले सरोकारवालासँग छलफल चलाइरहेको छ ।

शिक्षाविद् डा कार्की परीक्षाको मुख्यतः तीनवटा उद्देश्य हुने बताउँछन् । उनका अनुसार एउटा स्कोलास्टिक टेस्ट ९शैक्षिक परीक्षण० भनिन्छ । यसमा पाठ्यक्रमको ज्ञानभन्दा पनि समग्रमा उसको क्षमता परीक्षण गरिन्छ । उसले विदेश पढ्न जान गरिने परीक्षण हो । यसमा कुन तहको ज्ञान छ, कुन तहको विज्ञता छ भनेर परीक्षण गरिन्छ ।

अर्को भनेको पाठ्यक्रममा आधारित परीक्षा हो । ‘हाम्रो स्कुलमा लिने जति पनि परीक्षा छन् ती सबै करिकुलम बेस टेस्ट हुन् । जुन तहमा जे पढाउनुपर्छ, जे सिकाउनुपर्छ त्यो कुरा सिक्यो वा सिकेन भनेर जाँच्ने हो,’ डा। कार्की भन्छन् ।

तेस्रो भनेको सर्टिफिकेसन हो । राज्यले जागिर खान, थप अध्ययन गर्न जान यस्तो खालको सर्टिफिकेट दिने गरेको उनको भनाइ छ । यो विशेषगरी जागिर खान दिइने मापन हो ।

उनका अनुसार बोर्डले नचाहँदा—नचाहँदै विद्यार्थीको स्कोलास्टिक टेस्ट गर्दै आएको छ । ‘स्टेन्डरडाइज टेस्ट हाम्रो लागि आवश्यक नै होइन । हाम्रो लागि करिकुलम बेस टेस्ट हुनुपर्थ्यो । लोकल करिकुलम छन् । लोकल करिकुलम फरक–फरक हुन्छन्,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा देशभर स्टेन्डराइज टेस्ट लिन मिल्छ रु देशभर समान खालको पाठ्यक्रम छैन भने स्टेन्डराइज लिन मिल्दैन ।’

Agni

सम्बन्धित खवर