काठमाडौ। राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट९भेप० ठूलो मात्रामा बरामद गरेको छ । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ ।
भन्सार छलेर लुकाइछिपाई भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको विशेष निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ ।
गत १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो ।
राजस्वले मुस्ताङबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारिएको थियो । त्यहाँबाट विभागले ठूलो परिमाणमा भेप बरामद गरेको थियो । राजस्वले हाल बरामद गरेको भेपको बजारमा मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी हुन्छ । बरामद भएका भेप विभिन्न ुफ्लेभरुको रहेको छ ।
एउटा भेपको बजार मूल्य १५ सय देखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । एउटा भेपको धूवाँ बढीमा ३० हजार सर्को तान्न मिल्ने रहेको छ । भेपको ठूलो बजार भारत हो । त्यसैले भारत लैजाने क्रममा दक्षिणी नाकाको आसपासबाट भेप बरामद हुने गरेको छ ।

