वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भद्रपुर उडेको बुद्ध एयरलाइन्समा केही समस्या देखिएकाले काठमाडौँमा अवतरण
Prabhu Bank AD

काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । उडान नं। ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो ।

जहाज ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर