अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली घोषणा गरेका हुन् ।
टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
क्यापटेन ः प्रीति राई
गोलकिपर ः कविता विक, सावित्री किशन, लिला जोशी डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

