वि.सं.२०८३ भदौ ९ मंगलवार
Dish Home Long Ad
१५० दिनमै बालेन नायकबाट खलनायक बन्ने बाटोमा गएको भारतीय मिडियाको टिप्पणी
Prabhu Bank AD

काठमाडौं । भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको टिप्पणी गरेका छन् । सरकार बनेको १५० दिनमै बालेन जेन–जीका नायकबाट खलनायक बन्ने बाटोमा गएको समाचारमा उल्लेख गरिएको छ ।

पत्रकार सिंहले पूर्व ‘भूमिगत र्‍यापर’, स्ट्रक्चरल इन्जिनियर र काठमाडौं महानगरका मेयरको रूपमा जुन ओझ बोकेर सत्तामा पुगेका थिए त्यो ओझ अहिले कायम नभएको लेखेका छन् । पूर्वप्रधाानमन्त्री ओलीलाई चुनाव हराएका तथा पुरानो राजनीतिक सत्ता भत्काउन नयाँ युवालाई राजनीतिमा तान्ने बालेन अहिले आफैँ राजनीतिक मोर्चामा कमजोर बन्दै गरेको गरेको समाचारमा भनिएको छ ।

समाचारमा बालेनको राजनीतिक असफलतामाका विभिन्न सात कारण दिइएको छ ।

१- नवयुवाको आन्दोलन

जेन–जीको बलमा सत्तामा पुगेका हुन् बालेन । तर, गत असार–साउनमा तिनै जेन–जीले सडकमा ओर्लिएर बालेनको विरोध गरेको भन्दै समाचारमा जेन–जी मत बालेनले गुमाएको चर्चा गरिएको छ । गणेश नेपालीको आत्मदाहपछि त्यो देखिएको समाचारमा भनिएको छ ।

२- संसदसँग दूरी

बालेन संसदबाट निर्वाचित प्रधानमन्त्री हुन् । तर, उनले संसद नै छलिरहेका छन् । संसदसँग दूरी कायम गर्नु उनको अर्को कमजोरी भएको समाचारमा लेखिएको छ ।

३- पाँच महिनामै संकट

बालेन सरकार बनेको पाँच महिनामै उनको कार्याकालले समाधानभन्दा संकट धेरै ल्याएको समाचारमा भनिएको छ ।

४- भारतीय सीमावर्ति व्यापारमा कडाइ

भारतसँगको सीमावर्ती बजारमा हुने स्थानीयस्तरको किनमेलमा अवरोध गरेको तर पछि कदम फिर्ता गर्न बाध्य भएको बताइएको छ । भारतीय बजारमा निर्भर नेपालीलाई खाद्यान्नदेखि ओखतीमुलोमा समस्या बालेन सरकारले करको तर्क दिएर ल्याइदिएको समाचारमा भनिएको छ ।

५- राजदूतलाई एक्लै नभेट्ने र मन्त्री भन्दा सानोसँग नभेट्ने प्रोटोकल जिद्धिबाट व्याक

समाचारमा भारतका विदेश सचिव नेपालमा आाउन खोज्दा मन्त्री भन्दा मुनिकोसँग नभेट्ने बालेनले अडान लिएको बताइएको छ । तर, पछि त्यही अडान सकिएर राजदूतसँग एक्लाएक्लै भेटेको बताइएको छ ।

त्यो अडान १० अगस्टमा अन्त्य भएको बताइएको छ । भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेटेर त्यो अडानको अन्त्य भएको भनिएको छ ।

६- हिन्दु–मुस्लिम द्वन्द्वको सम्बोधन

सुनसरीमा भएको हिन्दु–मुस्लिम द्वन्द्वको कारण गुमनाम हुने बालेनले बाध्य भएर सम्बोधन गरेको समाचारमा भनिएको छ । त्यसले उनलाई आफूलाई राजनीतिको ‘आउटसाइडर’ राख्न चाहेको वृत्तबाट निकालेर भनिएको छ ।

७- पोखरामा भारतीय सेनामा भर्तीको पक्षमा प्रदर्शन

समाचारमा भारतका सेनापति धिरज सेठ नेपाल आउँदा पोखरा पुगे । त्यहाँ प्रदर्शन भयो । प्रदर्शनको कारण नेपालीलाई भारतीय सेनामा भर्ती रोकिएको बारेमा थियो । त्यो प्रदर्शन पनि बालेनको असफलताको एक उदाहरणको संकेतका रूपमा समाचारमा चर्चा गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर