वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
एन्फाले बोलाउने भनेका दशमध्ये दुई खेलाडी मात्र अटाए अमल्मुताइरीको सूचीमा
Prabhu Bank AD

काठमाडौं साउन २५, २०७९

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २६ खेलाडीको सूची पठाएका छन् ।

जसमा अखिल नेपाल फुटबल संघ ९एन्फा० कार्यसमितिको पहिलो बैठकले प्रशिक्षकसँगको विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने भनिएका दशमध्ये दुई खेलाडी मात्र अल्मुताइरीको सूचीमा परेका छन् ।

अल्मुताइरीसँग विवाद भएर १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए । त्यसमध्ये जम्मा दुई खेलाडी मात्र टिममा परेका छन् । गत बैशाख १३ गते खेलाडीले प्रशिक्षण छाडेका थिए ।

नेपाली राष्ट्रिय टोलीका उप कप्तान रोहित चन्द, अन्जन विष्ट, सुजल श्रेष्ठ, अनन्त तामाङ, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठले बन्द प्रशिक्षण छाडेका थिए ।

बन्द प्रशिक्षण छाड्ने १० खेलाडीलाई साथ दिएका किरण चेम्जोङलाई पनि अल्मुताइरीले टिमबाट हटाएका थिए । १० खेलाडीले एएफसी एसियन कप छनोट गुमाएका थिए ।

एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि प्रशिक्षक अलमुताइरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेका छन् ।

आगामी सेप्टेम्बरमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अलमुताइरीले पठाएको २६ खेलाडीको सूचीमा अन्जन विष्ट र तेज तामाङ मात्र अटाएका छन् ।

यस्तै राष्ट्रिय टोलीमा जगजित श्रेष्ठ, दिनेश हेम्जन, मनिष मगर र प्रशान्त अवस्थी अटाएका छन् ।

एसियन कप छनोट खेलेका दर्शन गुरुङ र सन्तोष तामाङ अष्ट्रेलिया भएका कारण अटाएका छैनन् । एन्फासँग अल्मुताइरीले मागेका खेलाडीमध्ये केहीको नाम परिवर्तन हुने सम्भावना छ । त्यसैले एन्फाले अन्तिम टोलीको नाम सार्वजनिक गरेका छैनन् ।

यस्तो छ, अल्मुताइरीले पठाएका खेलाडीको सूची :
अन्जन विष्ट, तेज तामाङ, दिनेश हेम्जन, पुजन उपरकोटी, राजन गुरुङ, रोशन राना मगर, एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ, निरकुमार राई,सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुमन अर्याल, सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरज ज्यु ठकुरी, आकाश बुढा मगर, प्रशान्त अवस्थी, जगजित श्रेष्ठ, मनिष मगर

Prabhu Bank AD

सम्बन्धित खवर