वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
दीपेन्द्रको सानदार अर्धशतकमा सुदूरपश्चिम रोएल्सको काठमान्डुलाई १२६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हालिएको ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि सुदूरपश्चिम रोएल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।

शुरुवात निकै खस्किएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले उत्कृष्ट ढङ्गले सम्हालेका थिए। टिमले मात्र ८ रन बनाउँदा आफ्ना ४ महत्वपूर्ण विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका दीपेन्द्रले अन्तिम ओभरसम्म टिकेर खेल्दै टिमको स्कोर उकासे।

उनले ५५ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए। जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अविजित ५१ रन बनाएका थिए। एनपीएलमा दुई वा सोभन्दा बढी अर्धशतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका छन् यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।

पाँचौँ विकेट कप्तान दीपेन्द्रले आरिफ शेखसँग मिलेर टिमलाई संकटबाट उकास्दै ५४ रनको महत्वपूर्ण साझेदारी गरे। आरिफले २५ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाए।

छैटौँ विकेट त्यसपछि थरिन्दु रत्नायकेसँग क्रिज साझा गर्दै दीपेन्द्रले थप ५४ रनको साझेदारी गरे। थरिन्दुले २३ बलमा ३ चौकासहित अविजित २६ रनको योगदान दिए ।

सुदूरपश्चिमलाई सस्तोमै समेट्ने क्रममा काठमान्डुका बलरहरूले उत्कृष्ट सुरुवात गरेका थिए। जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे।

सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। विशेषगरी खेलको दोस्रो ओभरमै सन्तोषले सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई शून्य रनमा आउट गर्दै टिमलाई सानदार सुरुवात दिलाएका थिए।

Agni

सम्बन्धित खवर