वि.सं.२०८३ साउन १३ बुधवार
Dish Home Long Ad
अब फ्रान्स,इंग्ल्यान्ड, स्पेन र अर्जेन्टिना सेमीफाइनलमा प्रवेश
Prabhu Bank AD

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलबाट फ्रान्स,इंग्ल्यान्ड, स्पेन र अर्जेन्टिना सेमीफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा असार २८ गते विहान ६:४५ बजेअर्जेन्टिना – स्विट्जरल्यान्ड  खेलमा,अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सले गरेको बललाई नर्वेका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा त्यसको फाइदा बेलिंघमले उठाए ।असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियममा नर्वे विरुद्ध इङल्यनण्ड २–१ को अन्तरले विजयी भएको हो ।

असार २७ गते विहान १२: ४५ बजे, लस एन्जल स्टेडियममा स्पेनले विश्वकप २०२६ मा बेल्जियमलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।असार २६ गते विहान १:४५ बजे, अमेरिकाको बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।

अबको सेमी फाइनल खेल स्पेन र फ्रान्स, अर्जेन्टिना र इङ्ल्याण्डका बीचमा हुने छ ।

Prabhu Bank AD

सम्बन्धित खवर