वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
बसको ठक्करबाट एक महिलाको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध साथै बजार बन्द गराएका छन् ।

आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा बसको ठकरबाट जाजरकोटको छेडागाड(६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोक यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । कहिकतै मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

रावत हाल वीरेन्द्रनगर(१० को बामेखोलामा बस्दै आएकी थिइन् । बा‍।४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर, प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको थियो ।

सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए । उनीहरू सोमबार बिहानैदेखि पुन: आन्दोलनमा उत्रिएका हुन् ।

फरार रहेका बस चालकको खोजी कार्य भइरहेको डीएसपी शाहीले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर