वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
Prabhu Bank AD

काठमाडौं २७ पुष । सरकारले पुष २७ लाई पुनः पृथ्वी जयन्तीको रुपमा मनाउने निर्णय गरेपछि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) गोरखा जिल्ला कमिटीले विरोध गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का गोरखा जिल्ला सेक्रेटरी अविरल द्वारा २६ गते जारी गरिएको विज्ञप्तिमा भनिएको छ´अहिलेसम्म निरंकुश व्यवस्थाका विरुद्ध थुप्रैले बलिदान गरे । जसको परिणामस्वरूप अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था आएको हो । तर जन अनुमोदनलाई लत्याउँदै सरकारले फेरि पृथ्वी जयन्ती दिवस सार्वजनिक विदाकै रुपमा मनाउने कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो प्रतिगामी कदम संघीय लोकतान्त्रिक गणतन्त्र माथिको खतरा हो, विज्ञप्तिमा उल्लेख छ ।` विज्ञप्तिको पूर्णपाठ :

Prabhu Bank AD

सम्बन्धित खवर