वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
जागरण अभियानद्वारा निर्वाचित दलित जनप्रतिनिधिलाई सम्मान
Prabhu Bank AD

सप्तरी ७ असार । राष्ट्रिय दलित मुक्ति जागरण अभियान द्वारा स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सप्तरीको सुरुंगा नगरपालिकाको कदमाहा चौकमा रहेको कभर्डहलमा १९ जना दलित जनप्रतिनिधिहरु सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि जागरणका केन्द्रीय संयोजक राजेश विद्रोहीको समेत उपस्थित रहेको थियो । विद्रोहीले निर्वाचित दलित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र सहित खादा, अबिर, माला लगाएर सम्मान गरिएको थियो भने दलितको समस्या र मुद्दालाई कसरी समाधान गर्ने, दलित चेतना स्तरमा कसरी बिकास गर्ने, दलित एकता कसरी कायम गर्ने आदि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।

यस्तै कार्यक्रमको विशिष्ट अतिथि सुरुंगा नगरपालिकका पूर्व उपमेयर विन्दा पासवान, जागरणका जिल्ला संयोजक प्रथमलाल राम, प्रदेश कोडिनेटर बद्री सदा, खड्क अध्यक्ष गंगा सदा, खडक सचिव चन्द्रनारायण राम लगायतका उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता सुरुंगा नगरपालिकाको जागरण संयोजक रामभगत रामले गरेका थिए । सबै निर्वाचित जनप्रतिनिधिहरुलाई अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर