वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
रवि दास जयन्ती भव्यताकासाथ सम्पन्न
Prabhu Bank AD

श्यामसुन्दर राम,सप्तरी । गुरु पूर्णरूपमाको दिन हरेक वर्ष भारत र नेपालमा चमार समुदायले आफ्नो कुल गुरुको रुपमा मनाउँदै आएको रवि दास जयन्ती दिवस यस वर्ष पनि देशैभरी दलित गैर दलित समुदायले भव्यताका साथ मनाएका छन् ।

नेपाल राम समाजद्वारा सप्तरीको शम्भुनाथमा रहेको निर्माधिन सत्य शिरोमणि रविदासको मन्दिरमा भव्यताकासाथ कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा जिल्लाभरीका राम समुदायका बुद्धिजीवी, दलित अगुवा, कर्मचारीहरुको समेत उपस्थित रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि दलित समुदायका राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित राजनीतिक नेतृत्व राजदेव राम, अतिथिहरुमा संजय राम, वडा अध्यक्ष रामप्रसाद राम, दरो राम, रंन्जित राम, चन्द्रनारायण राम, कलरु राम, शिवजी राम लगायतकाहरुको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर