सप्तरी, ८ पुस ः सप्तरीको सुरुङ्गा नगरपालिका—५ स्थित कुशाहा का पबितार पासवानले पाँच वर्षदेखी व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्गे आम्दानी समेत गर्दै आउनुभएको छ ।
“आजभोली तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्रि गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सवैजना यही कामका लागि परेका छौं”, खेतमा टमाटर गोडमेल गर्दै गरेका पबितार पासवानले भन्नुभयो,“वर्षको तीन सिजनसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक एक÷डेढ लाख आम्दानी हुने गरेको छ ।” उहाँले आफ्नो स्वामित्वमा रहेको दुई कट्ठा जमिन र चार कठ्ठा जमिन लिजमा लिएर तरकारी खेती गरिरहेको जानकारी दिनुभयो ।
पबितार पासवानले यसैवर्षमात्र दुई क्वीन्टल काउलीबाट ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा टमटर लगाउनुभएको छ । पबितार पासवान जस्तै सोही ठाँउका चलितर पासवानले पनि तरकारी खेती गरेर नियमित आम्दानी दर्गै आउनुभएको छ । तरकारी खेतीको आम्दानीबाट १२ जनाको परिवारको जीविकोपार्जन भैरहेको उहाँले बताउनुभयो । टमाटर, काउली, झिङनी, बोडी लगाएतका तरकारी लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।

पबितार पासवान, चलितर पासवानजस्तै यस गाउँका अधिकांस विपन्न दलित परिवारको तरकारी खेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरुले बिर्धना कृषक समूह गठन समेत गठन गरेका छन् । विभिन्न संघसंस्था तथा स्थानीय निकायहरुबाट सामुहिक रुपमा उनीहरुले सहयोग लिने गरेका छन् । उक्त कृषि समुहमा अहिले १६ जना सदस्य रहेका छन् ।
यहाँका गरिव तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्ने काम सबल नेपाल नामक संस्थाले गरेको हो । किसानहरुलाई तरकारी खेती सम्बन्धी तालिम, उपर्युक्त बीउ बिजन, नयाँ कृषि प्राविधिक सामाग्रीहरु, मल्चिङ्ग प्रविधिहरु सहयोग गर्दै आएको सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गरेर आफुँहरुले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।
साहले किसानहरुले गरेको तरकारी खेतीको प्रभावकारीता, समस्या, चुनौती तथा समाधानको उपाएको पनि संस्थाले पहिचान गर्ने गरेको बताउनुभयो । तरकारी खेतीले विपन्न दलित समुदायको जीवनस्तरनै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोसन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छोडेको अवस्थामा पनि नगरपालिकाले किसानहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैक्रममा सवल नेपालले गरेका बिभिन्न कार्यक्रमहरुको आइतबार नगर स्तरीय परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न भएको छ । ‘सेभ द चिल्ड्रेन’ तथा सबल नेपालको समन्वय तथा सहकार्य र नगर परियोजना सल्हाकार समितिको आयोजनामा जिल्लाको सुरुङा नगरपालिका भित्र सबल नेपालले आयोजना गरेको समुन्नति कार्यक्रम अन्तर्गका संरचनाहरु अनुगमन गरिएको हो ।
उक्त अनुगमन कार्यक्रममा नगरप्रमुख गिता चौधरी र उप– प्रमुख रुद्र बहादुर कार्कीको समेत सहभागिता रहेको थियो । नगरप्रमुख र उप– प्रमुख नेतृत्वमा दुई वटा टोलीले बिर्धना कृषक समूह, राष्ट्रिय आधारभूत विद्यालय, स्वास्थ संस्था लगायतका ६ वटा संरचनाहरुको अनुगमन गरी आवश्यक सल्लाह तथा प्रतिवद्धता व्यक्त गरेका थिए ।
संयुक्त रुपमा गरिएका उक्त अनुगमनमा वडा अध्यक्ष, शाखा प्रमुख, बालबालिका, पत्रकार तथा सबल नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो । सवल नेपाल संस्थाका फिल्ड अधिकृत खडक नारायण चौधरीले आगामी दिनमा पनि समय समयमा निरन्तर अनुगमन र समिक्षा गरिने जानकारी दिनुभयो । ———

