जसपाका अध्यक्ष उपेन्द्र यादवले मुस्लिम समुदायलाई अपमान हुनेगरी हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिएका छन् । यादवले राजेन्द्र बानीयाँसँग दिएको अन्तर्वार्तामा मुस्लिम समुदायलाई गाली गर्ने गाउँघरको शैलीमा भनेका छन् ´मस्जिदसे आए मुस्लिम मस्जिदही जाएगा` । यतिबेला उपेन्द्र यादवको यो अभिव्यक्ति मधेसको मुस्लिम समुदायमा भाइरल भइरहेको छ ।
एकजना मुस्लिम अगुवा मुना समसुलले भने, उपेन्द्र यादवले एकआध मुस्लिमलाई सांसद मन्त्री बनाएर मुस्लिम समुदायलाई भिखाडी जस्तो प्रयोग गरेर अपमानित गर्न थालेको छ । यो सरासर गलत हो । एउटा राजनीति गर्ने व्यक्ति यसमा पनि एउटा पार्टीको अध्यक्ष भएर गाउँघरे शैलीमा आम संचार माध्यममा गएर यसरी प्रचार गर्नु उहाँमा देखिएको मधेसी यादववादी शैली हावी भएको बताए ।

