वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
नेपाल रामसमाजको केन्द्रीय अधिवेशन सम्पन्न अध्यक्षमा राम
Prabhu Bank AD

– श्यामसुन्दर राम
राजविराज, सप्तरी : नेपाल रामसमाजको केन्द्रीय अधिवेशन सम्पन्न भएको । ६४७ ओँ सन्त शिरोमणि रविदास जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले – ´दलितमाथि छुवाछूत गर्नेलाई कडा कार्वाही गर्ने निर्देश प्रहरी प्रशासनलाई दिएको बताएका थिए ।` उनले थपे – ´मलाई कुनै अमूक व्यक्ति नठान्नुस । मलाई यो रामसमाजको मुख्य सल्लाहकार ठाने हुन्छ । मैले सकेको सहयोग गर्ने छु । कार्यक्रम सफलताको शुभकामना छ ।`

कार्यक्रमको विशिष्ट अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री सुनिता गुरुङ राम, अतिथिहरुमा पूर्व राष्ट्रियसभाका उपाध्यक्ष रामप्रित पासवान, राजनीतिक विश्लेषक राजेश विद्रोही, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, चमार समाज कल्याण संघका केन्द्रीय अध्यक्ष दिने चमार हरिजन लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता रामसमाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले गरेका थिए भने कार्यक्रमको संचालन राधेश्याम रामले गरेका थिए । अतिथिहरुमा किशोर राम, संजय राम, रामकुमार राम, चन्द्रनारायण राम, राभगत राम, लवकुश बैठा, रुन्दीलाल राम लगायत रामसमाजका बुद्धिजीवी तथा पत्रकार, सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

´शिक्षित हौं ! संगठित हौं !! संघर्ष गरौं !!!` भन्ने मूल नाराकासाथ २०५३ सालमा प्राध्यापक स्व. महन्थी रामको नेतृत्वमा, प्राध्यापक स्व. रासलाल राम, स्व. दुःखी राम, स्व. बलदेव राम, स्व. विन्देश्वर राम लगायतले ´नेपाल रामसमाज कल्याण संघ` को स्थापना भएको थियो । तत्कालीन माओवादी द्वन्द्वकालमा यो संस्था र नेतृत्वहरुलाई माओवादीको संगठन भनेर गाउँघरका सामन्त जमिनदार तथा केही गैरदलितहरुले उनीहरुलाई प्रहरी प्रशासनको मिलेमतोमा जेलनेल र चरम यातना समेत दिएका थिए । सप्तरी सिरहामा भएको सिनो बहिष्कार आन्दोलनमा समेत यो संस्था अग्रसर थियो ।

यस बिचमा यो संस्था नेतृत्वविहीन भएपछि नयाँ पुस्ताले नयाँ पहलकदमीकासाथ नाम संशोधनगरी २०७७ मा ´नेपाल राम समाज` राखेर समाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दर्ता गरेर अघि बढेको छ । जसको पहिलो राष्ट्रिय अधिवेशन सप्तरीको शम्भुनाथ नगरपालिका -४, मा रहेको रविदास धर्मशालाको प्रांगणमा सम्पन्न भएको छ । अधिवेशन बन्द शस्त्रबाट अध्यक्षमा प्रथमलाल राम, उपाध्यक्षमा शम्भु राम, महासचिवमा राधेश्याम राम, सचिवमा धिरेन राम, काेषाध्यक्षमा बेली कुमारि राम, सद्स्यमा हरिदेव राम, सुजित कुमार राम, अमिरका देवी राम र धनमन्ती देवि राम सहित ९ जना पुरानै कार्यसमिति पुनः चयन भएको छ । अधिवेशनमा ३७ जिल्लाका १५ हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर