काठमाडौं। अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लेन नेपाल भ्रमणमा आउने भएका छन्। एशिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक अमेरिकाको स्थल सेना हो।
नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति अर्थात् चारतारे जर्नेल फ्लेन जुलाइको तेस्रो साता नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लेन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्।
अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। अमेरिकी सैनिक अधिकारीहरु माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रित छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास पनि दुई सैनिक अधिकृतहरु बीच हुँदै आएका छन्।
यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतहरुले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयहरुमा हरेक बर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन्। जर्नेल फ्लेनको स्वागतसंगै नेपाली सेनाका प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी पनि चलिरहेको छ। नेपाली सेनापति शर्माको भ्रमण लगत्तै प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्ने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण भएको छैन ।
नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । शर्मा अमेरिका भ्रमणको दौरान संयुक्त राष्ट्रसंघमार्फत नेपाल शान्ति स्थापनामा संलग्न इजरायललगायतका केही मुलुकमा पनि पुग्ने स्रोतले जनाएको छ ।
नेपालले आउने कात्तिकरमंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन ।
नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा ९२०७५ पुस ३–५० तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।
यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोलीले वैशाख ९–११ मा नेपाल भ्रमण गरेको थियो । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ वैशाख ६ मा आएर पर्सिपल्ट फर्किएका थिए । संसद्बाट फागुन १५ मा एमसीसी सम्झौता अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुई पटक ९सन् २००७ र २००८० नेपालको व्यक्तिगत भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको संस्थापकका रूपमा आएका हुन् । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी ९फस्ट लेडीको हैसियतमा० आएकी थिइन् ।

