वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिन्डर १८ सय पुग्यो
Prabhu Bank AD

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर