वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
मुलुक २ खर्ब ६८ अर्ब घाटामा, मूल्यवृद्धि ७।२८ प्रतिशत पुग्यो
Prabhu Bank AD

काठमाडौं । देशको समग्र अर्थतन्त्रको अवस्था झन खस्किएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव २०७८ र ०७९ को ९ महिनाको तथ्याङ्कमा अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन्।

९ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७।१८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

९ महिनाको अवधिमा निर्यात ६९।९ प्रतिशतले बढेपनि व्यापार घाटा नियन्त्रणमा त्यसको कुनै सकारात्मक प्रभाव परेको छैन। ९ महिनाको अवधिमा १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोडको मात्रै निर्यात भएको केन्द्रीय बैंकले जनाएको छ।

स्रोतस् नेपाल राष्ट्र बैंक
९ महिनाको अवधिमा मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब २६ करोड घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ। चालु आर्थिक वर्ष २०७८र७९ को चैत मसान्तसम्म देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर ९शोधनान्तर० २ खर्ब २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ।

समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्बले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो। समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३९।५ प्रतिशतले कमी आइ ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३।७ प्रतिशतले बढेर १६ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

कूल विदेशी विनिमय सञ्चिति ९विदेशी मुद्राको सञ्चिति० पनि घट्दो क्रममा रहेको छ। नेपालसँग रहेको विदेशी मुद्रा ९विनिमय० सञ्चिति चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत ३ अर्ब ८ करोड रुपैयाँले घटेको छ।

फागुन मसान्तसम्म कूल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ थियो। चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा वैदेशिक विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १६।५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८।२ प्रतिशतले कमी आइ ९ अर्ब ६१ करोड कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७।९ प्रतिशतले कमी आइ १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५।१ प्रतिशतले कमी आइ १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ।
चालु आर्थिक वर्ष २०७८र०७९ को ९ महिना ९साउनदेखि चैतसम्म०को अवधिमा विप्रेषण ९रेमिटेन्स० आप्रवाह ०।६ प्रतिशतले घटेको छ।

चालु आवको ९ महिनामा विप्रेषण ९रेमिटेन्स० आप्रवाह ०।६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले बढेको थियो।

चालु आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। चैत महिनामा मात्रै ९३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिने नेपाली संख्या भने उल्लेख्य रुपमा बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ। ९ महिनाको अवधिमा २ लाख ५६ हजार ३१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रमम स्वीकृति लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको अवधिमा यस्तो स्वीकृति लिनेको संख्या ७४।९ प्रतिशतले घटेको थियो।

यस्तै, पुनस् श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९९।९ प्रतिशतले बढेर २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर