वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
पीएसजी बराबरीमा रोकियो
Prabhu Bank AD

 

पेरिस सेन्ट जर्मन पीएसजी ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।​ फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै च्याम्पियन पीएसजीले ३६ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा छ ।​ ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर