वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
उदयपुरमा एसईईको तयारी गरिरहेकी छात्राको आफ्नै सहपाठीबाट क्रूरतापूर्वक हत्या
Prabhu Bank AD

उदयपुर, बेलका । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको क्रूरतापूर्वक हत्या भएको छ । हत्या उनकै १७ वर्षीया सहपाठीबाट भएको प्रहरीले जनाएको छ ।

कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। उनी पक्राउ परेकी नाबालिगका ठूलो बुवाका छोरा हुन्।

उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको थियो। उनको शव अनुहार क्षतविक्षत भएको अवस्थामा फेला परेको प्रधानाध्यापक सूर्यनारायण साहले बताए।

साहका अनुसार उनीहरु बिहान ४ बजे नै ट्युसन पढ्नेबारे सल्लाह भएको थियो। मृतक कविता र उनकी साथी दुवै जनता माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी हुन्। साथीसँग फोनमा सल्लाह भएपछि घरबाट विद्यालय हिँडेकी कविताको शव अनुहारभरी चोटै चोट लागेको अवस्थामा भेटिएको हो।

उता कवितालाई ट्युसन पढ्न बोलाएकी ती नाबालिग साथी विद्यालय नपुगी बाटैबाट घर फर्किएको पनि खुलेको छ। प्रधानाध्यापक साहका अनुसार कविता र उनको हत्यामा संलग्न ती नाबालिगको घर नजिकै पर्छ।

उनीहरु अध्ययनरत विद्यालयले एसईई आउन लागेपछि बिहानैदेखि ट्युसन कक्षा राखेको थियो। तर मंगलबार ट्युसन पढ्न हिँडेकी कविताको शव घरबाट केही सय मिटर दूरीको यशोदा खोलामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कविताको हत्याका क्रममा बियरको बोतल र ढुंगा दुवै प्रयोग गरेको पाइएको छ।

‘एक ठाउँमा बियरको बोतल र ढुंगाले हानेर ढालेपछि घिसार्दै लगेर अर्को ठाउँमा छाडेको देखिन्छु, एक प्रहरी अधिकारीले भने, ुघिसार्ने क्रममा भुइँभरी रगत देखिएको छ। कविताको अनुहार पनि नराम्ररी क्षतविक्षत बनाइएको भेटिएको छ।

प्रहरीका अनुसार बिहान ६ बजेदेखि ट्युसन कक्षा हुने भएकाले कविता ५ बजे पछाडि घरबाट निस्किएकी थिइन्। यो घटना पनि उनी विद्यालय पुग्न नपाउँदै साढे ५ को आसपासमा भएको अनुमान प्रहरीले गरेको छ।

प्रहरीका अनुसार कविताका बुवा र दिदी घटना हुँदा घरबाट निस्किएका थिए। उनी कविताकी दिदीलाई साथमा लिएर धरान गएका हिँडेका खुलेको छ। कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो।

यो घटना कविता र ती नाबालिग साथीको रिसइबीका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ। रिसइबी साँध्न ती नाबालिग साथीले आफ्ना ठूलो बुवाका छोरालाई पनि प्रयोग गरेको खुलेको छ।

कविताको हत्याका लागि ती नाबालिगले विनोदलाई पनि प्रयोग गरेको देखिएको छ। घटनापछि मृतकको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। नाबालिग र विनोदलाई इलाका प्रहरी कार्यालय रामपुरले हिरासतमा लिइसकेको छ।


उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अनुसन्धानका लागि ती साथी र उनका दाजु नाता पर्ने विनोद ढकाललाई पक्राउ गरिएको छ।

साथीले फोन गरेर बोलाएको र विनोद पनि पछिपछि गएर दुबैले मिलेर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘साथीसाथीबीच केही समयअघि मनमुटाव भएको र त्यो निहुँ हत्यासम्म पुगेको बुझिन्छ,’ बोहराले भने, ‘विस्तृत अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने छ।’

घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर