वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
चैत्र १२ गते चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउँदै
Prabhu Bank AD

काठमाडौं । चीनलाई घेरा हाल्ने अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अभिन्न अंगका रुपमा रहेको एमसीसी कम्प्याक्टलाई नेपालको संसदबाट पारित गरेपछि चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ चैत्र १२ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका तथा स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच गत २ कात्तिकमा एक घन्टा लामो टेलिफोन कुराकानी भएको थियो । दुई परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेट हुन लागेको हो ।

स्टेट काउन्सिलर वाङले नेपाली समकक्षी डा. खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट हुनेछ । वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालले भेटवार्ता गर्ने तय भइसकेको स्रोतले बतायो ।

एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनको सम्मुखमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा विदेशमन्त्री वाङ आइपुग्दै छन् ।नेपालमा एमसिसीका विषयमा अमेरिका र चीनबीच आरोप–प्रत्यारोप चलिरहेका वेला एमसिसी पारित भएपछि चीनले त्यसलाई नोट गरेको भनाइ सार्वजनिक गरेको थियो । चिनियाँ अप्रसन्नताबीच विदेशमन्त्री आउन लागेका छन् ।

वाङले बिआरआई सम्झौता कार्यान्वयनका लागि नेपालको विश्वसनीय आधार र प्रतिबद्धताका लागि भ्रमण गर्न लागेको स्रोतको दाबी छ । चीनको बिआरआई परियोजनालाई असफल पार्न अमेरिकाले एमसीसी परियोजना संसदबाट अनुमोदन गराएको बुझाइ राखेको चीनले विदेश मन्त्रीलाई नेपाल भ्रमण गराएर चीनका विरुद्ध अमेरिकी दबाबमा हुन सक्ने गतिविधि नहोस् भनेर नेपालका शासकहरुलाई सचेत बनाउन खोजेको पनि कुटनीतिक वृतमा चर्चा छ ।

अमेरिकाले एमसीसी मार्फत् नेपालमा प्रत्यक्ष उपस्थिति बढाएपछि चीनले आफ्नो सुरक्षा चासोलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । एमसीसी पास गरेर नेपाल अ‍ेमेरिकाको सेक्युरिटि अमरेलामा गएको विश्लेषण पनि हुँदै आएको छ । एमसीसी पास गरेलगत्तै प्रधानमन्त्री देउवाले रुस र यु्क्रेन युद्धमा अमेरिकाको लोलीमा बोली मिलाउँदै जारी गरेको वक्तव्यबाट अझ झस्कन पुगेको चीनका विदेशमन्त्री वाङको भ्रमलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर