वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
नेता पुनले पठाएको एन्टिजेन किट रोल्पा अस्पताललाई हस्तान्तरण

रोल्पा– नेपाल सरकारका पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले एकसय थान एन्टिजेन किट आइतबार रोल्पा अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस रोल्पाका पार्टी प्रवक्ता कविता उपाध्यायले अस्पताल विकास समिति रोल्पाका अध्यक्ष फबिन्द्र आचार्य, रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढा र स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
किट ग्रहण गर्दै समितिका अध्यक्ष आचार्यले हालको विषम परिस्थितिमा प्राप्त किटले एकसय जना रोल्पालीको परीक्षणमा थप सहयोग पुग्ने बताउदै खुशी ब्यक्त गर्नुभयो । साथै उहाँले नेपाली काँग्रेस र सभापति पुनलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो ।
कोरोना भाइरसले मुलुक आक्रान्त भइरहेका बेला रोल्पामा स्वास्थ्य सामग्रीको चरम अभाव भएपछि पुनले शनिबार एक सय थान किट उपलब्ध गराउनु भएको हो ।
सरकारले अन्य जिल्लालाई हजारौं किट उपलव्ध गराइरहँदा रोल्पालाई चरम अभाव भैरहनु दुःखद पक्ष भएको पुनले बताउनु भएको छ । यसरी सरकारले लिएको विभेदकारी नीतिले सरकारको आँखा खुलोस भनी नेपाली काँग्रेस रोल्पाले किट उपलव्ध गराएको समेत उहाँले बताउनु भयो । रोल्पामा पनि मानव बस्ती छ र त्यहाँपनि संक्रमितहरु छन् भन्ने कुरामा सरकारको दृष्टि पुगोस भनी संकेत गर्न किट उपलव्ध गराएको नेता पुनले बताउनु भयो ।
विश्वब्यापी महामारीबाट देशले स्वाथ्य संकट खेपिरहेको र यो समस्या सबैको साझा समस्या भएकोहुँदा सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा पुनको जोड छ ।

सम्बन्धित खवर