वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक विदा
Prabhu Bank AD

काठमाडौँ। नेपालमा अढाई सय बर्ष लामो शाहवंशीय राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य गरी देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका गर्न तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा चलेको दशवर्ष लामो जनयुद्धले मुख्य भूमिका खेलेको थियो । दशवर्ष लामो जनयुद्धले देशको ८० प्रतिशत भूभागमा आफ्नो एकछत्र प्रभाव कायम गरेको थियो । र, जनसरकार, जनअदालत नै चलाएको थियो ।

जनयुद्धले नै तयार गरेको जगमा १९ दिने जनआन्दोलन भयो । जनयुद्ध र जनआन्दोलनका कारण तत्कालीन शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाडेर बाहिरिन बाध्य भएका थिए । र, २०६५ साल जेठ १५ गते नेपालको इतिहासमा पहिलो पटक गणतन्त्र घोषणा गरिएको थियो ।

दशवर्षको जनयुद्धमा राज्य र माओवादी दुवैतर्फ गरी १७ हजार बढीले ज्यान गुमाउनु परेको थियो । जनयुद्धमा बलिदान गर्ने नागरिकलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी पनि सरकारले गरेको छ । अहिले दशवर्ष जनयुद्धको नेतृत्व गरेको पुष्पकमल दाहाल प्रचण्ड नै सरकारको प्रमुख वा प्रधानमन्त्री रहेका छन् । उनी नेतृत्वको मन्त्रिपरिषद्ले जनयुद्ध सुरु गरेको दिनको सम्झना र सम्मानमा आज (फागुन १ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको सरकारले बताएको छ। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर