वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
Prabhu Bank AD

काठमाडौं, ८ भदौ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानूनबमोजिम कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको मन्त्रालयले बताएको छ ।

पछिल्ला दिनमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुर्व्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए ।

कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर