काठमार्डौं । सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेका छ । यही बेला त्यहाँके विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वान गरेको छ ।
निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन छ । चाम्लिङ आफैं धर्नामा सहभागी बनेका छन् ।
चामलिङले नेपालीहरूलाई विदेशीको लाञ्छना लाग्ने अवस्थाको सिर्जना गर्न सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा र मुख्यमन्त्री प्रेमसिंह गोले जिम्मेवार रहेको आरोप लगाए।

