वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
हवाई उडान सुरक्षित बनाउन, नयाँ योजना बनाउँदै
Prabhu Bank AD

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ।

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार केही दिनमै नयाँ व्यवस्था लागू हुनेछ।

प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन्। हाल दैनिक दस घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ।

त्यस्तै आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ।

पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ ९स्टल० मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्नेछ।

त्यस्तै चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज हुनेछ।

यसैगरी वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्नेछ।

Prabhu Bank AD

सम्बन्धित खवर