वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
एकीकृत समाजवादीले किन बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र ?
Prabhu Bank AD

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाएको हो।

देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको जनाइएको छ। अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ। पार्टीका नेताहरु घनश्याम भुसा, प्रकाश ज्वाला, गंगालाल तुलाधार लगायतका नेताहरु बालुवाटार पुगेका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर