वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
माग पूरा भएपछि खुशी व्यक्त गर्दै नाडाद्वारा सरकारी निर्णयको स्वागत
Prabhu Bank AD

माघ ६ , काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्ना माग पूरा गर्ने गरी राष्ट्र बैंक र सरकारबाट भएको निर्णयको स्वागत गरेको छ। विज्ञप्ति जारी गर्दै नाडाले गाडी आयात खुलाउने र आयातमा गरिएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाउने निर्णयको स्वागत गरेको हो।

नेपाल राष्ट्र बैंकले १३ महिनाअघि लागू गरेको सवारीसाधन तथा विभिन्न अटोमोबाइल वस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाउने निर्णय गरेकोे थियो। त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार, जिप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि केही समयअघि फुकुवा गरेको थियो।

‘सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल हार्दिक स्वागत गर्दछ’, नाडाले भनेको छ, ‘नेपाल राष्ट्र बैंकको हालको योे निर्णयहरुले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ।’

यद्यपि नाडाले अटो लोनरहायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा ऋण र मूल्यको अनुपात (एलभीआर) को हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरिनुपर्नेलगायतका महत्वपूर्ण विषयहरु पनि सम्बोधन गर्न आग्रह गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर