काठमाडौं । अहिले पनि मार्क्सवाद-लेनिनवाद-माओवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्ने नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड ज्याेतिषीलाई हेराएर निकालिएकाे साइतमा पण्डितहरुलाई श्वस्ती शान्ति गर्न लगाएर बालुवाटार सरेका छन् ।
उनी ज्याेतिषीले जुराएकाे दिन मंगलबार र समय साँझ ६ बजेर २० मीनेटको साइतमा सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।
हिजो साँझ ज्योतिषले निकालेको साइतमा बालुवाटार सरेपछि निवासको साँचो हस्तान्तरण गरिएको हो । साँझ प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई दिइएको छ । त्यतिबेला मन्त्रोच्चारणको निम्ति पण्डितलाई समेत बोलाइएको थियो । गृह प्रवेशपछि दाहालपुत्रीलगायतलाई उनै पण्डितले टीका लगाइदिएका थिए ।
त्यसपछि शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो छोरी दाहाललाई हस्तान्तरण गरेका हुन् ।

