वि.सं.२०८३ असोज ७ बुधवार
Dish Home Long Ad
यति एअर दुर्घटनाबारे सरकार : राष्ट्रिय शोकको घोषणा, सोमबार (भोलि) सार्वजनिक विदा दिइने

काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउने नागरिकप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए।

ुयो घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए।

उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको बताए । जहाजमा सवार चालकदलसहित ७२ जनाकै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । उद्दार र खोजी कार्य जारी छ ।

सम्बन्धित खवर