वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
सुकुम्बासीहरुले घेरे मेयर बालेन साहको घर, आज महानगर घेर्दै
Prabhu Bank AD

काठमाडौं । तीनवटा डोजर लिएर सुकुम्बासीहरुको घर भत्काउन पुगेको काठमाडौं महानगरको प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले आफ्नो अगाडि जे भेटे, त्यसैले आफ्नो थातथलोको प्रतिरक्षाका लागि सशक्त प्रतिरोधमा उत्रिए । उनीहरुको प्रतिरोधमा परेर महानगरका प्रहरी प्रमुखसहित ३६ जना घाइते भए । महानगरका प्रहरीहरुको भागाभाग मच्चियो । उनीहरु पछि हट्न बाध्य भए । महानगरका मेयर बालेन्द्र साहका विरुद्ध सुकुम्बासीहरुले टायर बालेर चर्को नाराबाजी गरे । राती अबेरसम्म टायरबालेर नाराबाजी चलिरह्यो ।

सुकुम्बासीहरुको एउटा समूह भने तिनकुने गैरीगाउँ स्थित मेयर बालेन्द्र साहको घर घेर्न पुग्यो । सुकुम्बासीहरु मेयरको घर घेर्न आउँदैछन् भन्ने सूचना पाएपछि ठूलो संख्यामा सुरक्षाकर्मीलाई उनको घरको सुरक्षाका लागि उतारियो । सुकुम्बासीका नेताहरुका अनुसार उनीहरु बालेनको घर घेरा हाल्न पुग्नु अगावै प्रहरीहरु चोक चोकमा तैनाथ गरिएका थिए । सुकुम्बासीहरुको बस्तीमाथि अमानवीय र फासिवादी रुपमा उठिबास लगाउन खोजेपछि सांकेतिक रुपमा बोलेनको घर घेर्न पुगेको बताए ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष राजु तामाङले मेयर बालेनको घर घेराउ गरेको पुष्टि गरे ।
उनले भने– थापाथली बस्तीको प्रतिरोध र घर घेराउ मेयर बालेनको फासिवादी सोचका विरुद्धको कडा चेतावनी हो, सुकुम्बासी बस्तीमाथिको डोजर आतंक बन्द नगरे सुकुम्बासीहरु जस्तोसुकै प्रतिरोधका निम्ति बाध्य हुनेछन् ।”

सुकुम्बासी समस्या समाधानको काम राष्ट्रिय भूमि आयोगको हो, यसलाई भूमि ऐन, नियमावली, कार्यविधि अनुसार हल गरिनुपर्ने पनि उनको भनाइ छ ।

यसैबीच, आज १० बजे विहानदेखि सकुम्बासीहरुले महानगरको कार्यालय बागदरबार घेराउ गर्ने कार्यक्रम रहेको पनि जानकारी प्राप्त भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर