वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
बिद्यालय,गाउँ तथा बजारमा सचेतनामुलक कार्यक्रम गर्दै ई.प्र.का.होलेरी,आफै पुग्छन् इन्स्पेक्टर खड्का
Prabhu Bank AD

महेन्द्र खड्का
रोल्पा,३० मंसिर
जिल्ला प्रहरी कार्यालय रोल्पा लिवाङबाट सरुवा भएर प्रमुखका रुपमा ईलाका प्रहरी कार्यालय होलेरीमा आएको भोलिपल्टबाटै प्रहरी निरीक्षक शंकर खड्का बिहान र बेलुका बाहेक एक छिन पनि खाली बसेको देख्न पाइन्न। कहिले टोलि सहित घोराही-होलेरी शहिदमार्गमा सवारी चेकजांचमा खटिएको अबस्थामा हुन्छन्।कहिले विभिन्न गाउँहरुमा सचेतनामुलक कार्यक्रम गर्न पुग्नुहुन्छ।भने समयसमयमा रुन्टीगढी गाउँपालिका भित्रका बिद्यालयहरुमा पुगेर लैङ्गिक हिंसा,लागु औषध दुर्व्यसनले ब्यक्तिको स्वास्थ्य,परिवार,समाज र सिंगो राष्ट्रलाई पुर्याउने असर बारे बिद्यार्थीहरुलाई सचेत बनाउँने अभियानको शुरूवात गर्नुभएको छ।गाउँ,समाजमा अपराध न्यूनीकरण गर्ने उद्देश्यका शाथ ईलाका प्रहरी कार्यालय होलेरीले दक्षिण रोल्पाका विभिन्न विभिन्न दुर्गम गाउँहरुमा समेत प्रहरी टोलि पुग्ने गरेको छ।ईलाका प्रहरी प्रमुख (इन्स्पेक्टर)शंकर खड्काको नेतृत्वमा गत शुक्रबार सुर्पाल बजारमा र सनिवार रुन्टीगढी गाउँपालिकाकै दुर्गम बस्ति मानिने वडा नम्बर ८ को विभिन्न गाउँमा सचेतना मुलक कार्यक्रम गरिएको हो।यसै बिच होलेरी स्थित महेन्द्र माध्यमिक बिद्यालय र गणेश मा.बि.धौलाबाङ र नेपाल राष्ट्रिय मा.बि.डुब्रिङमा पुगेर समेत बिद्यार्थी हरुलाई सचेतना मुलक प्रशिक्षण दिनुभएको छ।गाउँ,समाजमा अपराध न्यूनीकरण गर्नका लागि सम्बन्धित ठाउँको नागरिकहरुको समस्याको पहिचान र त्यहाँको अबस्था बुझेर जडबाट नै समस्याको निर्मुलिकरणको आबसश्यक रहेको इन्स्पेक्टर खड्काले बताउँनुभयो।प्रहरी प्रत्येक गाउँमा पुगेर त्यहाँको समस्या,शुरक्षाको अनुभुति लगाएतको बारेमा सोध्ने र जाडरक्सी,जुवातास खेल्ने,बालबिबाह,बहुबिबाह,कसैलाई बोक्सीको आरोप लगाउने लगाएतका क्रियाकलाप गरेमा कस्तो कानुनी कारबाही हुन्छ भन्ने बिषयमा जानकारी गराउनुहुन्छ।गाउँगाउँमा पुगेर नागरिकहरुसंग रुखो बोली नबोलेर उहाँ शालीन स्वभाव र शैलीबाट सभ्य समाजको फाइदाका बारेमा प्रष्ट पार्ने गरेको बताउँनुभयो।उहाँले भन्नु भयो `हामी प्रहरी हौँ।तर अनहाकमा नागरिकलाई गाली गर्ने,दु:ख दिने र धम्क्याउने नेपाल प्रहरीको काम होइन।बरु नागरिकको शुरक्षा गर्ने हाम्रो दाइत्व हो।हामी विभिन्न सचेतनामुलक कार्यक्रमहरु समुदायमा लगेर नागरिकहरुलाई सचेत बनाउने अभियानमा छौँ।प्रत्येक नागरिकहरुलाई अपराध के हो?र कसैले अपराधिक क्रियाकलाप गरेमा कस्तो कारबाही हुन्छ।लगाएतका बिषयमा बुझाउन सक्यौँ भने समाजमा त्यसै अपराध कम हुने बिश्वास लिएको छु।´रोल्पाको रुन्टीगढी गाउँपालिका र त्रिबेणी गाउँपालिकाका सबै बिद्यालय तथा गाउँगाउँमा पुगेर विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने ईलाका प्रहरी कार्यालय होलेरीको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।

Prabhu Bank AD

सम्बन्धित खवर