काठमाडौं । विपरीत दिशाबाट आएकाे मटरसाइकललाई ट्रकले ठक्कर दिंदा साढे ११ बजे मटरसाइकल चालककाे घटनास्थलमै निधन भएकाे छ । मृतककाे सनाखत भने हुन सकेकाे छैन ।
मटरसाइकललाई ठक्करदिने ट्रककाे ड्राइभर फरार रहेकाे छ । काठमाडौं आउँदै गरेकाे सुपप ०१-११ प, २८५८ नं.काे पल्सर बाइकलाई काठमाडौंबाट बाहिर जाँदै गरेकाे १०६२ नम्बरकाे ट्रकले नाकढुंगार पीपलबाेटकाे बीचमा ठक्कर दिएकाे थियाे । मटरसाइकल चालककाे टाउकाे फुटेका कारण उनकाे घटनास्थलमै मृत्यु भएकाे छ ।
प्रहरीले मृतक र ठक्करदिने ट्रककाे ड्राइभरकाे खाेजी भइरहेकाे जनाएकाे छ ।

