वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क सिलबन्दी गर्ने महानगरकाे चेतावनी
Prabhu Bank AD

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच आज छलफल हुँदै छ।
महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार फनपार्ककका अधिकारी र महानगरपालिकाबीच छलफल हुन लागेको हो।
बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो। उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो। तर, उक्त पत्र फनपार्कले लिन मानेन। पत्र बुझ्न नमानेपछि महानगरपालिकाले बिहीबार दिउँसो पत्र टाँस्ने र त्यसपछि पनि अटेरी गरे सिलबन्दी गर्ने चेतावनी दिएको थियो।
भृकुटीमण्डपको फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको ‘अल्टिमेटम’ त्यही विषयमा छलफल गर्न महानगरपालिका आउने जानकारी फनपार्कका अधिकारीहरुले गराएको राजस्व विभाग प्रमुख अधिकारीले बताए।
‘उहाँहरु आउँछौं भन्नुभएको छ,’ डा. अधिकारीले भने, ‘पत्र टाँस गर्ने वा नगर्ने भन्नेबारे छलफलपछि निक्र्योल हुन्छ।’
तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क सिलबन्दी गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।
प्रर्दशनी मार्गमा काठमाडौं फनपार्कले आफ्नो व्यवसाय गर्दै आएको छ। डा. अधिकारीकाअनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ। यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन।
पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने विज्ञापन कर र मनोरञ्जन कर राजस्व विभाग ववरमहलमा गएर बुझाउनुपर्छ ।
पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ।
विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर