वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
गान्धी तुलसी स्मारक महागुठीको अध्यक्षमा उदयमाेहन श्रेष्ठ निर्वाचित
Prabhu Bank AD

काठमाडौं । बिहीबार भएकाे साधारणसभाले सबैभन्दा जेठाे मानिएकाे गैरसरकारी संस्थाको रुपमा परिचित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीकाे अध्यक्षमा उदयमाेहन श्रेष्ठलाई निर्वाचित गरेकाे छ । महागुठीकी मुख्य गुठियार महालक्ष्मी श्रेष्ठसँगकाे अध्यक्षको चुनावी प्रतिस्पर्धामा उदयमाेहन श्रेष्ठ निर्वाचित भएका हुन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे साधारणसभाकाे सञ्चालन महागुठीका सदस्य सचिव प्रेम लामिछानेले गरेका थिए ।
साधारणसभामा मन्त्री रेग्मीले सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएकी थिइन् । सहमतिबाट अध्यक्ष चुनिने स्थिति नभएपछि महागुठीका ४५ जना सदस्यबीचमा गाेप्य मतदान भएकाे थियाे ।
संस्थाकाे विगतकाे नेतृत्व बीचमा विवाद भएपछि अदालतमा मुद्दा परेकाे थियाे । अदालतले दुवैपक्षलाई समेटेर तदर्थ समिति बनाई महागुठीकाे विधान अनुसार साधारणसभा मार्फत् नेतृत्वकाे चयन गर्न भनी फैसला गरेकाे थियाे ।
महागुठीकी तत्कालीन महासचिव समेत रहेकी गाेमा कुमारी बराल(गाैतम)काे नेतृत्वमा तदर्थ समिति गठन गरिएकाे थियाे । साेही तदर्थ समितिले साधारणसभा सम्पन्न गरी महागुठीलाई नयाँ नेतृत्व दिलाउने प्रक्रिया पूरा गरेकाे महागुठीका सदस्य सचिव लामिछानेले आफ्नाे फेसबुक पेजमार्फत् जानकारी दिएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर