वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
२५ वर्षपछि केपी र सिपी पार्टी एकताको गृहकार्यमा
Prabhu Bank AD

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मालेका महासचिव सिपी मैनालीलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । ०५४ सालमा पार्टी विभाजनपछि अलग्गै पार्टीको नेतृत्व गरिरहेका मैनालीलाई २५ वर्षपछि ओलीले औपचारिक रूपमै पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

‘दुष्ट आशय नबोकेका साथीहरू ठूलै भाँडामा पकाएको ढिँडो खाऊँ न । सानो भाँडो के गुजुगुजु बसाल्नुपर्‍यो रु म आह्वान गर्छु– आउनुस्, सँगै मिलेर काम गरौँ । प्रतिक्रियावादीले चुनौती दिइरहेका छन् । के हामीचाहिँ उनीहरूको जस्तै चुनावी तालमेल मात्रै गर्ने हो र रु’ मंगलबार राजधानीमा भएको कार्यक्रममा ओलीले भने, ‘सिपीजी र म एउटै आन्दोलनबाट आएका, एकअर्कालाई बहुत राम्ररी चिन्दछौँ । हाफप्यान्ट लाउँदैदेखि चिनेको, जुँगाको रेखी बस्दै गर्दादेखि चिनेको । हामी एउटै आन्दोलनबाट आएको, अलग बस्नुपर्ने कारणै छैन ।’

०५४ मा पार्टी विभाजनपछि मालेमा रहेका मैनाली ०५९ मा वामदेव गौतम, साहना प्रधान, अशोक राई, योगेश भट्टराई, घनश्याम भुसालसहितको ठूलो समूह एमालेसँग एकता गरेर फर्किएपछि पनि पार्टी पुनर्गठन गरेर मालेमै रहेका थिए । पार्टी एकताको पर्याप्त आधार रहेको भन्दै ओलीले साना विषय अगाडि सारेर पार्टी एकताजस्तो महŒवपूर्ण विषयलाई ओझेलमा पार्न नहुने बताए ।

माले महासचिव मैनालीले गठबन्धनको बहुमत रोक्न ओलीको नेतृत्वमा गठबन्धनबाहिरको बेग्लै मोर्चा बनाउनुपर्ने बताए । ‘सबै देशभक्तले यो गठबन्धनलाई रोक्नुपर्छ । यो काम गर्ने हो भने ओलीले गम्भीरतापूर्वक सोच्नु जरुरी छ,’ उनले भने ।

Prabhu Bank AD

सम्बन्धित खवर