वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
कसरी हुँदैछ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था ?

काठमाडौं । नेपाल–चीन सीमा नाकास्थित भोटेकोशी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यतिबेला देश शोकमग्न छ । हजारौं मानिस बेपत्ता छन्, खर्बौंको सम्पत्ति क्षतिको अनुमान गरिएको छ । उद्दार र राहतको काम अहिले पनि चलिरहेकै छ ।
बाढीका कारण विशेषगरी रसुवा, नुवाकोट र धादिङ प्रभावग्रस्त क्षेत्रको रुपमा देखिए पनि यसको प्रभाव भने देशभर र विशेषगरी काठमाडौं उपत्यकामा समेत छ । खासगरी उपत्यकाको आपूर्ति प्रणाली यतिबेला ठप्पप्राय छ ।
बुधबार बाढीको सूचनापछि ठप्प रहेको पृथ्वी राजमार्ग शुक्रबार साँझ खुले पनि आइतबारदेखि फेरि बन्द भएको छ । उपत्यकाको लाइफलाइन मानिने उक्त राजमार्ग बन्द हुँदा हजारौं ट्रक कन्टेनर उतै रोकिएका छन् । यसले काठमाडौं उपत्यकामा अभाव र महँगीको चिन्ता फैलाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी पृथ्वी राजमार्ग र रसुवा नाका बन्द हुँदा वैकल्पिक आपूर्तिको विकल्पबारे छलफल सुरु गरेको बताउँछन् ।
उनका अनुसार वर्तमान अवस्था हेर्दा मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक हप्तादेखि १० दिनसम्म लाग्न सक्ने देखिएको छ ।
यो अवस्थामा उपत्यकामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन मन्त्रालयले साना सवारी साधनमार्फत भए पनि वैकल्पिक मार्गबाट सामान ल्याउने तयारी थालेको सुवेदी बताउँछन् । ‘हामीले वैकल्पिक मार्गको खोजी गरिरहेका छौं,’ सुवेदीले भने, ’कान्ति लोकपथ कत्तिको उपयुक्त हुन्छ भनेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० हरूसँग समन्वय भइरहेको छ ।’
हेटौंडा जोड्ने अन्य सडकहरूमा धेरै घुम्ती र साँघुरो भएका कारण ठूला ट्रक र कन्टेनर ल्याउन चुनौतीपूर्ण देखिएकाले साना सवारी साधनको प्रयोग गरेर भए पनि सामान भित्र्याउने मन्त्रालयको योजना छ ।
सरकारले अहिले विशेषगरी तीन प्रकारका वस्तुलाई उच्च प्राथमिकतामा राखेको छ । प्रवक्ता सुवेदीका अनुसार खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थको आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेर कार्ययोजना बनाइँदैछ । आपूर्ति व्यवस्थापनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र जिल्ला प्रशासन कार्यालयहरूसँग निरन्तर छलफल गरिरहेको उनको भनाइ छ ।
‘हामीले सबै निकायलाई आ(आफ्नो युनिटमार्फत तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौं,’ उनले थपे, ‘आगामी एक(दुई दिनभित्रै ठोस कार्ययोजना बनाएर आपूर्ति प्रक्रियालाई गति दिनेछौं ।’

सम्बन्धित खवर