वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
ट्वीटरले हाल्यो मस्कविरुद्ध मुद्दा

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अर्बपति इलोन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिसमेत रहेका मस्कले कम्पनीसँगको सम्झौता रद्द गरेको भन्दै ट्वीटरले कानुनी प्रक्रिया सुरु गरेको हो।

गत शुक्रबार मस्कले ट्वीटर खरिदको लागि गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने घोषणा गरेका थिए। मस्कले ट्वीटरले सम्झौताका प्रावधानहरु पालना नगरेको र आफूलाई नक्कली खाताहरुको विवरण नदिएको आरोप लगाएका छन्।

ट्वीटरले भने मस्कको आरोप खण्डन गर्दै आएको छ। अमेरिकाको डेलावर अदालतमा दायर गरिएको मुद्दामा ट्वीटरले मस्कलाई आफ्नो खरिद प्रक्रिया पूरा गर्ने आदेश दिन माग गरेको छ।

ट्वीटरले गत नोभेम्बरको तुलनामा अमेरिकी कार कम्पनी टेस्लाको शेयरमा पनि ठूलो गिरावट आएकाले मस्क यो सम्झौताबाट बाहिरिने निष्कर्षमा पुगेको दाबी गरिएको छ।

ट्वीटरका अध्यक्षले मस्कले खरिद सम्झौताको सम्पूर्ण जिम्मवारी वहन गर्न मस्कसँग आग्रह गरेका छन्।

सम्बन्धित खवर