काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देशको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली गम्भिर दुर्घटनातिर उन्मुख भएको बताएका छन् । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले संसदवादी दलहरुको चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति–शक्तिहरूको सत्ताळुछाचुॅडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुॅदै गएको समकालीन नेपालको कटुसत्य हो भनी आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “देश आन्तरिक रूपमा पुॅजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत(चीन(अमेरिकाको त्रिपक्षीय द्वन्दको भू(सामरिक भूमरीमा पर्दै गएको वेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श,सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो।
परन्तु चरम सत्तालोलुप,भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्ताळुछाचुॅडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुॅदै गएको समकालीन नेपालको कटुसत्य हो। संघ र प्रदेश(१ लगायतमा भैरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्तालुछाचुॅडी, आआफ्नै ढंगले उद्घाटित भैरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्तिरदलरगुटका आआफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडीरदलाली त्यसका भद्दा नमूना हुन्।
यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त,लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ१ रणबहादुर र जंगबहादुरहरू त आउॅछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ”

