काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा लगातार वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभाव मुख्यतया कात्तिक १३ गते र १४ गते शनिबार अपराह्नसम्म रहनेछ, त्यसपछि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ।
पछिल्लो २४ घण्टामा कोसी, बागमती र मधेस प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ। सोलुखुम्बुको दिङबुचे लगायतका हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।
दिउँसोः देशका अधिकांश भूभागमा बाक्लो बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, तराई क्षेत्रमा हावाहुरी चल्न सक्नेछ भने केही स्थानमा भारी वर्षा र हिमपातको समेत आकलन गरिएको छ।
राति देशैभर अधिकांश बादल रही अधिकांश स्थानमा मध्यम वर्षारहिमपात र केही स्थानमा भारी वर्षा हिमपातको सम्भावना कायम रहनेछ।
दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा बादल लाग्नेछ भने सुदूरपश्चिममा साधारणतया बादल रहनेछ। कोसी, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा मध्यम वर्षा हिमपात तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। अपराह्नसनंतरबाट मौसम क्रमिक रूपमा सुधार हुनेछ।
राति हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षारहिमपात तथा तराईका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ।
देशको मौसम सामान्य बन्दै जानेछ। दिउँसो र राति देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बिहानपख तराई, उपत्यका र खोँचहरूमा हुस्सुरकुहिरो लाग्नेछ।
यी दुवै दिन देशभर आंशिक बादल लाग्नेछ। पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम सफा हुँदै जानेछ। बिहानपख तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।


