वि.सं.२०८३ साउन १३ बुधवार
Dish Home Long Ad
आज (बुधबार) पनि आकस्मिकबाहेकका सबै सेवा बन्द रहने
Prabhu Bank AD

काठमाडौ । देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बुधबार पनि बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले मंगलबार विज्ञप्ति निकाल्दै ओपीडीलगायतका सेवा बन्द हुने जनाएको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण र अस्पताल तोडफोडको घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै चिकित्सकहरू आन्दोलित छन्।

संघका अनुसार बुधबार बिहान १० बजे माइतीघर मण्डलमा भेला भई विरोध प्रदर्शन गर्ने, काठमाडौँ बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

घटना भएको ४ दिन बितिसक्दा पनि दोषीहरूलाई कारबाही गर्नुको साटो पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि दमन भएको संघले जनाएको छ। साथै वार्तामा गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको पनि संघको भनाइ छ।

चिकित्सकहरूले मंगलबार पनि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर