वि.सं.२०८३ भदौ ९ मंगलवार
Dish Home Long Ad
के तपाईलाई पाचन प्रणालीको क्यान्सरवारे थाहा छ ?
Prabhu Bank AD

 

 

काठमाडौं । मानव शरीरमा कोशिका सेल अर्थात् तन्तु अङ्ग प्रणाली हुँदै बनेको हुन्छ । जसमध्ये पाचन प्रणाली शरीरमा महत्त्वपूर्ण प्रणाली मध्ये एक हो । वीर अस्पतालका क्यान्सर रोगविशेषज्ञ डा. सन्ध्या चापागाइका अनुसार, यो खाने मुखबाट सुरु हुँदै खानेनली, पेट, सानो आन्द्रामा गएर सकिन्छ । बिचमा पेटको भागमा कलेजो पित्त थैली पित्तनलीमार्फत र प्यान्क्रियाजसँग जोडिएको हुन्छ ।

पाचन प्रणालीको मुख्य काम खाना पचाएर मसिनो बनाउने, तलतिर धकेल्ने, खाना पचाउने शरीरलाई आवश्क तत्व सोस्ने, कार्वोहाइड्रेड, प्रोटिन, वोसोको सूक्ष्म व्यवस्था गर्ने गर्छ । यस्तै, शरीरलाई चाहिने विभिन्न किसिमका हर्मोन, भिटामिन, रगत जमाउने तत्त्वहरू, पाचन रस बनाउने गर्छ । उनका अनुसार शरीरलाई काम नलाग्ने विषादीको व्यवस्था गरी शरीरबाहिर फाल्ने पनि गर्छ । यी काम गर्नका लागि शरीरका विभिन्न अङ्गहरूका थुप्रै किसिमका कोशिकाहरू हुन्छन् । जस्तै प्यान्क्रियाजले खाना पचाउने रस पैदा गर्नुका साथै शरीरमा चिनीको मात्रा सही ठाउँमा राख्न इन्सुलिन पैदा गर्दछ । त्यसैलेले प्यान्क्रियाजमा रोग लागेमा खाना पचाउन गाह्रो हुने र चिनीको रोग लाग्न सक्ने उनले बताइ । पाचन प्रणाली खानासँग सम्बन्धित भएकाले यसमा लाग्ने रोगहरू खाने कुराहरूसँग प्रत्यक्ष रूपमा सम्बन्ध हुने उनले बताइन् ।

हाम्रो शरीरमा लाग्ने क्यान्सरहरू मध्ये करिब एक तिहाइ क्यान्सर पाचन प्रणाली अन्तर्गतका अङ्गहरूमा लाग्ने गर्छ । क्यान्सरबाट मृत्यु हुने बिरामी मध्ये एक तिहाइ क्यान्सरको कारण त्यसमा पनि पाचन प्रणाली कै क्यान्सर हुने गरेको पाइएको छ ।

यी क्यान्सरहरू मध्ये आन्द्रा र प्याङ्क्रियाजको क्यान्सर महिला पुरुष दुवैमा उत्तीकै मात्रा हुने गर्छ । रक्सी चुरोट बढी सेवन गर्ने हुनाले खानानली, कलेजो र पेटका क्यान्सर पुरुषहरु बढी हुने गदर्छ । तर पित्त थैलीको क्यान्सर भने महिलामा बढी हुने गरेको पाइएको छ ।

कुनै पनि क्यान्सर यही कारणले हुन्छ भन्ने नसकिने उनले बताइन् । क्यान्सरका हानिकारक तत्व भिन्दाभिन्दै हुने गर्छन् । जसमा प्रमुख कारणमध्ये सुर्तिजन्य पर्दाथको सेवन सबैजसो पाचन प्रणालीमा क्यान्सरहरू सुर्तिजन्य पर्दाथको सेवन गर्ने व्यक्तिलाई बढी हुने गरेको उनको भनाइ छ । त्यसमा पनि विशेष गरी खानानली, पेट, कलेजो, र प्यान्क्रियाजका क्यान्सरहरू मदिरा सेवन गर्नेलाई मदिरा सेवन नगर्नेभन्दा बढी भन्दा बढी क्यान्सर हुने गर्दछ ।

विशेष गरी कलेजो र खाना नलिमा मोटो व्यक्ति त्यसमा पनि शारिरीक व्यायाम नगर्नेहरु आन्द्रा, खानानली, र प्यान्क्रियाजको क्यान्सर बढी हुने गरेको पाएको उनको भनाइ छ ।

सडेको बदामहरु खाएमा एक हप्ताभन्दा पुरानो पाउरोटी आदि ढुसीको सङ्क्रमण हुन सक्ने खानाहरूले खानानली र कलेजोको क्यान्सर हुन सक्ने उनी बताउँछिन् । । त्यसमा पनि धेरै तालो पेय पदार्थ पिउनेलाई खानानलीको क्यान्सर बढी हुने गर्दछ ।

यद्यपि क्यान्सर सरुवा रोग होइन अर्थात् एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर पाचन प्राणलीमा हुने संक्रमणले अन्य अङ्गहरूमा क्यान्सर गराउँन सक्छ । त्यसैले संक्रमणको उपचार गराएमा सम्बन्धित क्यान्सरबाट जोगिन सकिने उनी बताउँछिन् ।

मधुमेह हुने व्यक्तिमा प्याङ्क्रियाजको क्यान्सर बढी हुन्छ । त्यसमा पनि इन्सुलिन लिनुपर्ने व्यक्ति कलेजोको क्यानसर बढी हुन सक्छ ।

वंशाणुगत क्यान्सरमा वंशाणुगतको मात्रा ५ देखि १० प्रतिशत भएपनि आन्द्रा र प्यान्क्रियाज क्यान्सरको मात्रा केही बढी हुन्छ । वंशाणुगत क्यान्सर बाहेक अन्य व्यक्तिलाई पनि यो क्यान्सर लाग्ने सम्भावना हुन्छ । साधारण व्यक्तिभन्दा सानो उमेर मै परीक्षण गरेमा ठूलो आन्द्राको क्यान्सरबाट बाच्न सकिने उनको भनाइ छ ।

धेरै जसो क्यान्सरको क्यान्सर पूर्व हुने रोग हुने डा चापागाइ बताउँछिन् । त्यसैले क्यान्सर हुनुभन्दा अगाडिका घाउहरूलाई प्रि क्यान्सर भनिन्छ । त्यसैले त्यस्ता घाउलाई बेलैमा उपचार गरेमा क्यान्सरबाट बच्न सकिने उनको भनाइ छ।

क्यान्सरको सुरुको अवस्थामा केही लक्षण पनि नहुन सक्छ । खानानलीको क्यान्सर हुँदा खाना निल्न गाह्रो हुन्छ भने त्यो पनि सुरुमा कडा खाना खाँदा निल्न गाह्रो हुन्छ त्यसपछि भने विस्तारै पानी निल्न गाह्रो हुन्छ ।

पेटको क्यान्सर भएमा बान्ता हुने, खान मन नलाग्ने, मासुको परिकार खान इन्छा नहुने, वान्तामा रगत आउने, दिसामा रगत आउने, कालो अलकत्रा जस्तो दिसा हुने, यी लक्षण आन्द्राको क्यान्सरमा पनि देखिन सक्छ । प्यान्क्रियाज, कजेलो र पित्त थैलीको क्यान्सरहरुमा भने माथिल्लो पेट दुख्ने, छाला तथा आँखाको नानी, पिसाब पहेंलो हुने, जण्डिस हुन सक्छ । क्यान्सर अन्तिम अवस्था तिर आइपुग्दा बिरामी दुब्लाउने, पेट फैल्ने, अल्छी लाग्ने हुन सक्छ । कहीलेकाही बिरामीले आफैपनि गिर्खाहरु भेट्न पनि सक्दछ । तौल घट्दै जान्छ ।

डा। चापागाइको अनुसार पाचन प्रणाली शरीरको भित्री भागमा हुने भएकाले बिरामीले स्तन, छाला आदि क्यान्सर जस्तो शुरुमा थाहा नपाउन सक्छन् । तर , आजको प्रविधिको विकासले गर्दा सबै अङ्गहरूका बारेमा थाहा पाउन सकिन्छ ।

चिकित्सकले सूक्ष्म रुपले बिरामीहरुसँग कुरा गरेमा थापा पाउन सकिने उनको भनाइ छ । त्यो पनि पेटको दुखाई डल्ला, गिर्खा,जण्डिस, दिसाको अवस्थाबारे सोध्ने मलद्वारमा औलाले जाँच गरेमा मोटामोटी रूपमा रोगको बारेमा थाहा हुने उनले बताइन ।

त्यसपछि इण्डोस्कापी, कालोनास्कोपी । अल्ट्रासाउण्ड गर्नुपर्छ र साथै शंका लागेमा उक्त समय मै तत्तुको परीक्षण बायोस्कोपी पनि गर्न सकिन्छ । विधिबाट परीक्षण गर्दा पनि थाह भएनभने अन्यविधि अपनाएर थाहापाउन सकिन्छ ।

डा. चापागाइले क्यान्सर उपचार प्राय सबैजसो सर्जरी गर्नुपर्ने बताउछिन् । त्यसमा क्यान्सरको उपचार क्यान्सरको भरपर्दो र पहिलो उपचार अप्रेशन भएको उनको भनाइ छ । पहिलो अवस्था अर्थात् पहिलो चरणमा रोग पत्ता लागेमा यी सबै क्यान्सरको अप्रेसनद्वारा मात्रै पूर्ण निको हुन सक्छ । अन्य कुनै उपचार पद्धति आवश्यक नपर्ने उनको भनाइ छ । त्यसैले सुरु अवस्थाको क्यान्सर पत्ता लगाउनु ज्यादै महत्त्वपूर्ण कुरा भएको उनी बताउँछिन् । यदि रोग ढिलो पत्ता लागेका किमोथेरापीको सहयोग लिनुपर्छ । माथिल्लो भागको खानानली मलद्वारको क्यान्सरको भने रेडियोथेरापी महत्त्वपूर्ण हुन्छ । अप्रेसन गर्दा सकेसम्म क्यान्सर सर्जनबाट नै अप्रेसन गराउन उनको आग्रह छ ।

Prabhu Bank AD

सम्बन्धित खवर