वि.सं.२०८३ जेठ १ शुक्रवार
Dish Home Long Ad
भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु, दुई घाइते
Prabhu Bank AD

 

हेटौँडा । हेटौँडाबाट काठमाडौँ गइरहेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ ।
राति १ बजेतिर सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मप्र०३००१च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो ब्रेक फेल भएर दुर्घटना भएको हो ।
मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौँ सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।

दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए । उनीहरुलाई राति नै काठमाडौँमा उपचारका लागि पठाइएकामा उपचारक्रममा गम्भीर घाइते मण्डलको काठमाडौँ मेडिकल कलेजमा बिहान ४ः४५ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । २ जनाको यही अस्पतालमा उपचार जारी छ ।

बोलेरोमा रहेका ५ सय कुखुरामध्ये ३ सय कुखुरा पनि मरेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय