वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
गुल्मीमा विद्यार्थी बोकेको बस ठोकिँदा २ जनाको मृत्यु
Prabhu Bank AD

 

काठमाडौ । गुल्मीको मालिका गाउँपालिकामा विद्यार्थी बोकेको बस मोटरसाइकलमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका ६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। दुर्घटनामा चार जना घाइते भएका थिए। तीमध्ये दुई जनालाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मृतक मनकलाका नाति ६ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका(६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन्।

घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय