वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
Prabhu Bank AD

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ। साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ। सोमबारको भन्दा कारोबार रकममा सामान्य गिरावट आएको छ। सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य उपसमूहको सूचक ३.३८ प्रतिशत ,फाइनान्स उपसमूहको २.८५ प्रतिशत,माइक्रोफाइनान्सको २.८२ प्रतिशत, विकास बैंक उपसमूहको २.७१ प्रतिशत, लगानी उपसमूहको २.४९ प्रतिशत र बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।

मंगलबारको नेप्से परिसूचकसँगै सर्वाधिक १० कम्पनीको शेयरमूल्य बढेको छ। जसमा १० कम्पनीहरुमध्ये ७ कम्पनी जलविद्युत रहेका छन्। जसमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। तेह्रथुम पावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। आज प्रायः सबै म्युचुअल फण्डहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

मंगलबार कारोबार रकमका आधारमा २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यस्तै नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर