काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स्ब्राण्ड सी.जी. अन्तर्गतको सी.जी. स्मार्ट डोमेस्टिक एप्लाएन्सेस्ले यसपालीको दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।
सी.जी. सँग यो पर्व, “गरौं गर्व” नामक यस योजना अन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरु लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरुका लागि सी.जी. का साना घरायसी सामाग्रीहरुको खरिदमा बम्परमा 55″ OLED TV १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता Car Vacuum ४ जनालाई जित्नेमौका रहेको छ । कम्पनीका अनुसार ग्राहकवर्गहरुले यस योजनासँगैसी.जी. का स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आप्mनै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्भने आकर्षक उपहारहरुको आनन्द लिई आप्mनो पर्वलाई महापर्व बनाउन सक्नुहुनेछ । यो आकर्षक योजना कम्पनीले भाद्र ११, २०७९ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।

